Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

होलेरी डेन्टल क्लिनिक प्रहरी निरिक्षक मनिष थापा द्वारा उदघाटन ।

रोल्पा
नवराज राना

रोल्पा होलेरी बजारमा होलेरी डेन्टल क्लिनिक सञ्चालनमा आएको छ ।शुक्रबार ईप्रका होलेरीका प्रहरी निरिक्षक मनिष थापाले होलेरी डेन्टल क्लिनिकको रिबन काटेर उदघाटन गरिएको छ ।

होलेरी डेन्टल क्लिनिकले दातमा लागेका रोग दातमा भएका सम्स्यालाई सजिलो तरिकाले बैज्ञानिक तरिकाले नयाँ प्रबिधीद्वारा यहाँका नगर बासिलाइ होलेरी डेन्टल क्लिनिकले सहयोग पुर्‍याउननु हुन्छ र सर्वसुलभ रुपमा बिरामीको चाहना अनुरुप सेवाप्रदान होस् भनेर भनेका छन् ।
होलेरी डेन्टल क्लिनिकका सञ्चालक दन्त स्वच्छता विशेषज्ञ नागेन्द्र शाह ले यहि फागुन १ गते देखि १५ गते सम्म आउँदा १५ प्रतिशत सम्मको छुट सहितको सेवा प्रदान गरिएको बताए ।

क्लिनिक उदघाटन कार्यक्रममा उल्लेखनीय स्थानीयहरु बौद्धिक सर्कलका व्यक्तित्व तथा होलेरी डेन्टल क्लिनिक डाक्टरहरु, बिशिष्ट अतिथी डा।लालमणी सुबेदी डेन्टल सर्जन, डा। इश्वर पौडेल डेन्टल सर्जन रुन्टिनढि गाउँपालिका अध्यक्ष जनक पुन लगायत सञ्चारकर्मीहरुको उपस्थिति देखिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.