रोल्पा — रुन्टीगढी गाउँपालिका ले आर्थिक वर्ष २०८३ र ८४ का लागि कार्यसम्पादन मूल्याङ्कनमा ६८।१० अंक प्राप्त गरेको जनाएको छ।
गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार नेपाल सरकारबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत गरिएको कार्यसम्पादन मूल्याङ्कनमा उक्त अंक प्राप्त भएको हो।
स्थानीय तहको कार्यसम्पादन मापनका लागि प्रयोग गरिएका १७ वटा सूचकका आधारमा गरिएको पुनरावलोकनपछि प्रकाशित अन्तिम नतिजामा रुन्टीगढी गाउँपालिकाले ६८।१० अंक प्राप्त गरेको गाउँपालिकाले जनाएको छ।
गाउँ कार्यपालिकाको कार्यालय, होलेरीले मिति २०८२ माघ २८ गते प्रकाशित अन्तिम नतिजा अनुसार उक्त अंक प्राप्त भएको जानकारी सरोकारवालालाई गराएको हो।
प्रतिक्रिया दिनुहोस्