Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

बेरोजगार सूचिकरणका लागि रुन्टीगढी गाउँपालिकाको सूचना

रुन्टीगढी गाउँपालिका ले बेरोजगार व्यक्तिहरूको सूचिकरणका लागि सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले रोजगारको हक सम्बन्धी ऐन, २०७५ तथा सो सम्बन्धी नियमावली अनुसार राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि बेरोजगार दर्ता तथा सूचिकरण प्रक्रिया सुरु गरिएको जनाएको हो।

गाउँपालिकाले स्थायी बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूहका रोजगारी खोजिरहेका इच्छुक व्यक्तिहरूलाई आफ्नो वडा कार्यालयमा उपस्थित भई बेरोजगार दर्ता गर्न आग्रह गरेको छ। जारी सूचनाअनुसार इच्छुक व्यक्तिहरूले २०८२ साल चैत मसान्तसम्म सम्बन्धित वडा कार्यालयमा गई नाम दर्ता गराउन सक्नेछन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनी प्रसाद खड्का द्वारा जारी सूचनामा बेरोजगार दर्ताका लागि आवश्यक कागजातसमेत उल्लेख गरिएको छ।

आवश्यक कागजातहरूस्
. तोकिएको ढाँचामा सम्पूर्ण विवरण उल्लेख गरिएको आवेदन
. नागरिकताको प्रतिलिपि १ थान
. पासपोर्ट साइजको फोटो १ थान

निवेदनको ढाँचा तथा थप जानकारी सम्बन्धित वडा कार्यालय वा गाउँपालिकास्थित रोजगार सेवा केन्द्रबाट प्राप्त गर्न सकिने जनाइएको छ।

यस कार्यक्रममार्फत बेरोजगार नागरिकहरूको तथ्यांक संकलन गरी आगामी दिनमा रोजगार सिर्जना तथा विभिन्न रोजगार कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.